Sunday, March 16, 2025
घरखेलकूदअनिल र भीमको शतकसँगै सिरिजमा नेपालको ‘क्लिन स्विप’

अनिल र भीमको शतकसँगै सिरिजमा नेपालको ‘क्लिन स्विप’

- Advertisement -

काठमाडौँ, माघ २९ गते । अनिल शाह र भीम सार्कीले अविजित शतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले  ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले हरायो ।

नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेल चार विकेटले विजयी भएको थियो । जितका लागि क्यानडाले दिएको दुई सय ३३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४३.३ ओभरमा एक विकेटको क्षतिमा अनिल शाह र भीम सार्कीले सानदार शतकीय इनिङ्सबाट दुई सय ३४ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । अनिल र भीमले दोस्रो विकेटका लागि अविजित एक ८९ रनको साझेदारी गर्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ३२ रन बनाएको थियो। क्यानडाका लागि नवनीत धनिवालले ५० रन बनाउनुभयो । यस्तै निखिल दत्तले ४५, कप्तान साद विन जाफरले अविजित ३१ रन बनाउनुभयो ।

बलिङमा नेपालका हेमन्त धामीले तीन विकेट लिनुभयो । धामीले क्यानडाविरुद्ध नेपालका लागि डेब्यु गर्नुभएको हो । कुशल मल्ले दुई तथा ललित राजवंशी र आकाश चन्दले एक एक विकेट झार्नुभयो । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्